Logo
१३ बैशाख २०८१, बिहीबार
(December 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारती सिंह र उनका पतिको जमानत खारेज गर्न माग गर्दै एनसिबी पुग्‍यो अदालत

बलीउड अभिनेता आत्महत्या गरि देह त्याग गरेसँगै बलीउड बजारमा एक तरंग ल्याएको छ । उनको मृत्यु भएको पनि लामो समय भैसक्यो तर पनि भारतीय मनोसञ्जन बजार भने अझै सेलाएको छ ।

उनको मृत्यु प्रकरणलाई अनुसन्धान गर्ने क्रममा बलीउड भित्र हावी रहेको लागुओषधी काण्ड बाहिरीयो जस काण्डमा थुपै भारतका चर्चीत कलाकारको नाम पनि यस घटनासँग जोडिन पुग्यो ।

एनसिबीले धेरै कलाकारको बयान लिइसक्यो र अझै बयान लिनेक्रम जारी रहेको छ । भारतीय चर्चीत कमेडियन भारती सिंहले पनि लागुओषध खाने गरेको अनुसन्धानमा खुलेपछि उनको घरमा २१ नोभेम्बरमा एनसिबीले खान तलासीका क्रममा घर तथा कार्यालयबाट गाँजा बरामद गरेपछि उनीहरूलाई पक्राउ गरेको थियो।

सो क्रममा घर र कार्यालयबाट ८६.५ ग्राम गाँजा बरामद भएको थियो। त्यसपछि उनीहरू जनही १५-१५ हजार भारू जमानतमा छुटेका थिए।

अहिले भारतको नार्कोटिक कन्ट्रोल ब्यूरोले भारती सिंह र उनका पतिको जमानत खारेज गर्न माग गर्दै अदालत पुगेको छ ।

एनसिबीले एनडीपीएस अदालत (मादक पदार्थ निषेध कानुन अन्तरगत काम गर्ने अदालत) समक्ष गाँजासहित पक्राउ परेकी हास्य कलाकार भारतीय सिंह र उनका पति हर्षको जमानत खारेज गर्न अपिल गरेको हो ।

एनसिबीले जमानत खारेज गर्न अपिल गर्दै तल्लो अदालतले दिएको न्यायिक हिरासतमा आदेशलाई कायम राख्दै सोधपुछका लागि आफूहरूसमक्ष सुम्पन अदालतसँग माग गरेको छ।

उक्त अपिलमाथि सुनिवाइ गर्दै सो अदालतले भारती र उनका पतिलाई अदालतमा उपस्थित हुने आदेश दिएको छ। आगामी साता यस बारेमा सुनुवाइ हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति: Dec 2, 2020

प्रतिक्रिया दिनुहोस्