Logo
७ बैशाख २०८१, शुक्रबार
(December 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चन्द्रमाबाट ढुंगा-माटो ल्याउन चीनको अन्तरिक्ष यान सफलतापूर्वक चन्द्रमामा अवतरण

चन्द्रमाको ढुंगा-माटो ल्याउने प्रयासमा रहेको चीनले हालै चन्द्रमामा प्रक्षेपण गरेको अन्तरिक्ष मिसन चाङइ-५ को रोबोटयुक्त ल्याण्डर सफलतापूर्वक चन्द्र धरातलमा अवतरण गरेको छ ।

चन्द्रमाको आँधीको समुद्र भनेर चिनिने विशाल ज्वालामुखीय मैदानमा सो ल्याण्डरले सफलतापूर्वक अवतरण गरेको चीनको नेशनल स्पेश एडमिनिस्ट्रेसनले जनाएको छ ।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन तथा त्यहाँका सामग्री सङ्कलन गरेर बिताउनेछ।

चन्द्र सहतमा अवतरण भएको ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडारसहितका यन्त्र छन् ।गत २४ नोभेम्बरमा दक्षिण चीनको हाइनान प्रान्तबाट सुरु भएको अन्तरिक्ष अभियानको आठौं दिनमा सफलता प्राप्त गरेको हो ।

चाङइ-५ अन्तर्गत चन्द्रमामा पठाएको यानलाई पुन पृथ्वीमा फर्काउने गरी थालिएको यो उसको पहिलो अभियान हो ।यस अभियानको मुख्य उद्देश्य चन्द्रमाको सतहको २ मिटरभित्रबाट २ किलोग्राम माटो तथा ढुंगाका नमूना संकलन गर्ने पनि रहेको छ ।

यो रोबोटिक यानले अन्तरीक्ष क्षेत्रको चट्टान तथा माटो ३ दशमलव २ देखि ४ अर्ब वर्ष पुरानो रहेको विश्वास वैज्ञानिकहरुले गरेका छन् ।यसअघि नै चीनको आफ्नो चाङइ–३ अभियानअन्तर्गत राबोटिक ल्याण्डर र रोभरलाई २०१३ डिसेम्बरमा सफलतापूर्वक अवतरण गराएको थियो ।

त्यसलगत्तै चीनले चाङइ-४ अभियानअन्तर्गत चन्द्रमाको पृथ्वीबाट नदेखिने भागमा ल्याण्डर र रोभरलाई सन् २०१९ मा सफलतापूर्वक अवतरण गराएको थियो ।

आगामी डिसेम्बर १६–१७ मा पृथ्वीमा यान फर्काने लक्ष्य राखिएको चीनको यो अभियान सफल भयो भने चन्द्र धरातलको नमूना पृथ्वीमा ल्याउने तेस्रो मुलुक पनि चीन नै बन्ने छ ।

चीनको यो सफलतासंगै अन्तरिक्ष विज्ञानमा रुस र अमेरिकाले कायम गरेको आधिपत्यलाई तोड्न चीन सक्षम बन्दै गएको संकेत गरेको छ ।

अन्तरिक्ष यान चन्द्रमाको सहतमा सफल रुपमा अवतरण भएपछि अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले चीनलाई बधाई समेत दिएको छ ।

चीन चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएमा त्यसले अध्ययनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।चीनले यसअघि दुई पटक यो प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

यो पटक भने आशा र उत्साह रहेको चिनियाँ अधिकारीले बताएका छन् ।

प्रकाशित मिति: Dec 2, 2020

प्रतिक्रिया दिनुहोस्