Logo
१२ श्रावण २०८१, शनिबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजतन्त्रको पक्षमा ओन्दोलन ! नेकपाले भन्यो, ‘सपना नदेखे हुन्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजावादी शक्ति पुनः स्थापित हुन नसक्ने जनाएको छ।

राजसंस्था विस्थापित शक्ति भएको उल्लेख गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनतामा स्थापित हुने सपना नदेख्न उनले चेतावनी दिए। सचिवालय बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले भने, ‘प्रतिगामी शक्तिहरुले स्थापित हुने सफलता नसोचे हुन्छ।’

लोकतान्त्रिक अभ्यास र सुदृढ गर्ने क्रममा केही कमिकमजोरी भए समीक्षा गर्न सकिने उनले बताए।

समीक्षा गरेर नेकपा अघि बढ्ने उनले बताए। पछिल्लो समय विभिन्न राजावादी संगठनले राजसंस्थाको पुनर्बहालीको माग गर्दै देशभर प्रर्दशन गर्दै आएका छन्। राजावादी संगठनले संघीयताको खारेजी तथा हिन्दू राज्यको माग समेत उठाएका छन्।

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्