Logo
१२ श्रावण २०८१, शनिबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाले कामदार पठाउन नपाएको भन्दै पूर्व स्वीकृतिको म्याद एक वर्ष थप्न माग

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले कोरोना भाइरस महामारीका कारण ९ महिनादेखि कामदार पठाउन नपाएको भन्दै पूर्व स्वीकृतिको म्याद १ वर्ष थप्न माग गरेको छ ।

मञ्चले बन्दाबन्दीका अवधिमा पूर्वस्वीकृतिका फाइलहरु कामदार पठाउन नपाउँदै अवधि समाप्त भएको भन्दै वैदेशिक रोजगार विभागलाई पूर्वस्वीकृतिका लागि म्याद थपको माग गरेको हो ।

मञ्चले कोभिड–१९ ले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान गरिदिन विभागलाई आग्रह गरेको हो । खासगरी साइप्रस लगायतका गन्तव्य मुलुकको पूर्वस्वीकृतिका लागि फाइलहरु कार्यालयमा दर्ता भएको लामो समय भइसक्दा स्वीकृति नदिएको मञ्चले जनाएको छ ।

पूर्वस्वीकृतिका फाइल रोक्नुपर्ने कुनै कारण नभएकाले गन्तव्य मुलुकका लागि पेस भएका पूर्वस्वीकृतिका फाइल पूर्ववत अवस्थामा दिन मञ्चले आग्रह गरेको छ ।

गन्तव्य मुलुक पुगिसकेर कालोसूचीमा परी वा मेडिकल अनफिट वा अन्य कारणले ६ महिनाभित्र फिर्ता भइ आएमा कोटा फिर्ता गर्ने व्यवस्था गर्नसमेत माग गरेको छ ।

त्यस्तै, जापानका लागि सवै प्रकारका रोजगारीमा जाने कामदारहरु सम्पूर्ण इजाजतपत्र प्राप्त संस्थाहरुमार्फत पठाउने गरी निर्देशिका बनाउन मन्चले विभागसमक्ष माग गरेको छ ।

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्