Logo
४ बैशाख २०८१, मंगलबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाटनको प्राचीन अग्निशालामा जस्ता हटाएर तामाको छाना हालिने

ललितपुर महानगरपालिका-१९ स्थित प्राचीन अग्निशालामा जस्ताको छाना हटाएर अब तामाको छाना राखिने भएको छ ।

महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर गौरवशाली योजना अन्तर्गतउक्त काम अघि बढाउन लागेको हो ।पुरानो सम्पदालाई जोगाइराख्न महानगरपालिकाले रु ४० लाख बजेट छुट्याइसकेको प्रमुख चिरीबाबु महर्जनले बताएका छन् ।

उनले भने, “अब तुरुन्तै यो काम अघि बढाइनेछ । एकदम राम्रोसँग काम सम्पन्न गर्न सबैलाई आग्रह गर्दछु ।”कुमारीपाटीमा रहेको कोरियन सप नजीकैको पेट्रोल पम्पबाट हिँडेर दुईदेखि तीन मिनेट परका ती अग्निशालामा पाँच छुट्टाछुट्टै धुनी छन् ।

यसमा निरन्तर आगो बलिरहने अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले बताए । उनले भने, “धार्मिक मान्यता अनुसार काठ बालेर निकालिएको आगो काष्ठाग्नि, ढुङ्गा रगडेर निकालिएको पासाग्नि, सूर्यको रापबाट निकालिएको सूर्याग्नि, पानीबाट निकालिएको जलाग्नि र अग्निहोत्री बज्यैको नाइटाबाट निकालिएको जठराग्नि नामक अग्नि पाँच धुनीमा बालिन्छ ।”

चार हजार वर्षअघि सो अग्निशाला निर्माण भएको अनुमान गरिएको र सोबारे उल्लेख भएका शिलालेख हालसम्म कतै नभेटिएको पुजारीहरुको भनाइ छ ।

सो अग्निशालामा पूजापाठ गर्दा लागेको ग्रहदशा हटेर जान्छ भन्ने मान्यता छ ।

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्