Logo
१२ श्रावण २०८१, शनिबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप १ हजार ३०४ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

थप १ हजार ३०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।

त्यस्तै यस अवधिमा २ हजार ७३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म २ लाख १६ हजार ५९४ जना निको भएका छन्।

थप २१ जना मृतकमा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ।

हालसम्म १७ लाख ४६ हजार ३३० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्