Logo
१२ श्रावण २०८१, शनिबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको राजनीतिक प्रतिवेदनले प्रचण्डलाई झस्कायो, उचित जवाफ दिने तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको प्रतिवेदनमा आफूलाई व्यक्तिगत तहमै उत्रिएर आरोप लगाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसको एक–एक गरी जवाफ दिने भएका छन्।

गत शनिवारको सचिवालय बैठकमा ओलीले द्वन्द्वकालीन घटनासहित अन्य विषयसँग जोडेर व्यक्तिगत तहमै आक्षेप लाग्ने गरी प्रतिवेदन पेश गरेपछि प्रचण्डले त्यसको जवाफ दिने गरी तयारी गरेका हुन्।

मेरो राजनीतिकभन्दा व्यक्तिगत जीवनमा आक्षेप लाग्ने गरी केपीजीले उठाउनु भएका कतिपय आरोप निराधार छन्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘सबै विषय स्पष्ट हुने गरी आफ्ना कुरा राख्ने तयारी गरेको छु। सबै आरोप टिपोट गरेको छु, सकेसम्म लिखित रुपमा पेश गर्छु। नभए मौखिक रुपमा मेरा कुरा बैठकमा राख्ने तयारी गरेको छु ।’

गत कात्तिक २८ गतेको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पाँच जनाको सहमतिमा प्रचण्डको हस्ताक्षरसहितको प्रतिवेदन पेश भएको थियो। उक्त प्रतिवेदनको जवाफ दिने क्रममा ओलीले प्रचण्डलाई मात्रै आरोपित गर्ने गरी प्रश्न उठाएका छन्। त्यहीँ विषयमा प्रचण्डले आफ्नो तर्फबाट जवाफ दिने तयारी गरेका हुन ।

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्