Logo
१३ बैशाख २०८१, बिहीबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा नेकपा सचिवालयको बैठक जारी

file photo

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक सुरु भएको छ । यसअघि धुम्बाराहीमा बस्ने भनिएको बैठक अन्तिम समयमा आएर बालुवाटारमा बस्ने तय भएको हो ।

बैठक ठिक दिउँसो १ बजे बाट सुरु भएको हो । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि छलफल हुने बुझिएको छ ।

आजको बैठकमा ओली र प्रचण्ड पक्षधर आ आफ्नो कडा तयारीका साथ पुगेका छन् । केही नेताहरु सहमतिको बिन्दु खोज्ने गरी दबाब सृजना गर्ने तयारीमा छन् ।

दुवै नेताको दस्तावेजमा एक अर्कामाथि आरोप प्रत्यारोप छ । आजको बैठकमा त्यसमाथि छलफल हुने भएकाले गर्मागर्मी बहस हुने आँकलन गरिएको छ ।

 

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्