Logo
१५ बैशाख २०८१, शनिबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ लाख पर्ने रोयल इन्फिल्डका दुई कलर भेरिएन्ट बाइक नेपाली बजारमा !

नेपाली बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स भेरिएन्टका दुई कलरका बाइक उपलब्ध भएका छन् ।

दुई आकर्षक कलर एयरबर्न ब्लु र स्टोर्मराइडर स्यान्डमा सो बाइक उपलब्ध भएको हो ।अटोमोबाइल्सले आइतबार देखि यो बाइकको नेपालका लागि आधिकारिक वितरक विवेकले बिक्री प्रारम्भ गरेको छ ।

नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए तापनि सो मोटरसाइकलले युवा देखि वृद्ध सम्म सबैको मन जितिरहेको र अझ धेरै मानिसहरुको मनमा बस्ने कम्पनीको भनाइ रहेको छ ।

रेट्रो लु्क्स र म्याट फिनिस भएको सो मोटरसाइकलमा थप सुरक्षाको लागि ड्युअल च्यानल एबीएस पनि रखिएको छ ।बीएस फोर संस्करण अन्तर्गत रेट्रो लुक्स, म्याट फिनिस भएको सो मोटरसाइकलमा थप सुरक्षाको लागि ड्युअल च्यानल एबीएस पनि राखिएको छ ।

सुरुवाती दिनहरु देखि नै सफलता हासिल गर्दै आएको रोयल इन्फिल्ड ब्रान्डका मोटरसाइकलहरुले आफ्नो गौरबमय इतिहासलाई निरन्तरता दिदै यो मोटरसाइकल नेपाली बजारमा ल्याएको बताइएको छ ।

सन् २००८ देखि बिक्री बितरणमा आएको रोयल इन्फिल्ड क्लासिक ३५० मोडलका मोटरसाइकलहरुले दोस्रो विश्व युद्ध पश्चातको ब्रिटिश मोटरसाइकलहरुको स्मरण गराउँछ, जुन सरल तर एक्दमै मज्बुत थिए ।

रोयल इन्फिल्ड क्लासिक ३५० को इन्जिन, अगाडि र पछाडिको मडगार्ड, हेडलाइटको केसिङ, फ्युल ट्यांक, ओभल टुलबक्स, एक्जस्ट फिन, स्पिडोमिटर डायल्स, सिंगल सिट, स्प्रिङ स्याडल, टेललाइट एसेम्बली र हेडलाइट सबैले दोस्रो विश्व युद्ध पश्चातको ब्रिटिश मोटरसाइकलहरुको स्मरण गराउँछ ।

यसको मूल्य ५ लाख ९९ हजार ९९९ रुपैयाँ राखिएको छ ।अटो खवर

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्