Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली जनताले लडेर ल्याएको गणतन्त्रको रक्षागर्न नातीपुस्ता जन्मिसकेको छ : डा. भट्टराई

नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशका विभिन्न शहर र काठमाडौंमा राजावादीहरुले राजतन्त्र पुनर्स्थापनाको पक्षमा भएको प्रदर्शनको खण्डन गर्दै ट्विटरमार्फत टिप्पणी गरेका छन् ।

देशका प्रमुख शहर र काठमाडौंमा राजावादीहरुले गरेको प्रदर्शनलाई प्रायोजित हर्कतको संज्ञा दिएका छन् ।डा. भट्टराईले  ट्विटरमार्फत  यस्तो टिप्पणी गरेका हुन् ।

उक्त कुराको टिप्पणी गर्दै गणतन्त्रको रक्षा गर्न नाति पुस्ता जन्मिसकेको डा. भट्टराईले बताएका छन् । उनले नेपाली जनताले लडेर ल्याएको गणतन्त्र रक्षार्थ नयाँ पुस्ता आइसकेको स्पष्ट पारेका छन् ।

उनले लेखेको छन्,”यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले०१७सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ।तर यो२१औं शताब्दी हो;सार्वभौम बनेका जनता फेरि दासतामा फर्कनेछैनन्।हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षागर्न नातीपुस्ता जन्मिसकेको छ है!”

 

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्