Logo
१३ बैशाख २०८१, बिहीबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलले वैज्ञानिक फखरिजादेहकोे अत्याधुनिक हतियार प्रयोग गरेर हत्या गरेको इरानकाे आराेप

इरानले इजरायल र निर्वासित विपक्षी समूहले आफ्ना आणविक वैज्ञानिकको अत्याधुनिक हतियार प्रयोग गरेर हत्या भएको आरोप लगाएको छ ।

इजरायलले विद्युतीय उपकरणको प्रयोग गरेर आफ्ना वैज्ञानिक मोहसेन फाख्रीजादेहको हत्या गरेको इरानका वरिष्ठ सुरक्षा अधिकारीहरुको आरोप छ ।

इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव अलि शामखानीले लामो समयको योजनाअनुसार विद्युतीय उपकरणको माध्यमबाट हत्या गरिएको दावी गरेका छन् ।

फाख्रीजादेहको अन्त्येष्टि समारोहमा सहभागी शामखानीले इजरायलले २० वर्षदेखि आफ्ना वैज्ञानिकलाई मार्न चाहेको आरोपसमेत लगाएका छन् ।

गत शुक्रबार इरानको राजधानी तेहरान नजिकै विस्फोट र गोली हानाहानपछि शीर्ष परमाणु र सैन्य वैज्ञानिक फाखरीजाहेदको हत्या भएको थियो ।

घटनालगत्तै आत्मघाती बम विस्फोटबाट उनको हत्या भएको बताइएपनि त्यसमा सत्यता नभएको इरानको दावी छ ।

इरानले घटनास्थलमा फेला परेका हतियारहरु इजरायलमा निर्माण भएकोसमेत बताएको छ । एजेन्सी

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्