Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना कहरमा मेला : यादव र गुप्ताबीच जातीय झडप हुँदा एक जनाको मृत्यु, ९ घाइते

लुम्बिनी प्रदेश स्थित बाँकेमा यादव र गुप्ता समूहका बीचमा पुरानो रिसिबीलाई लिएर दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।

बाँके जिल्लाको जानकी गाउँपालिका वडा नं. ५ बनियाँ गाउँमा सोमवार बेलुका यादव र गुप्ता समूहका बीचमा पुरानो रिसिबीलाई लिएर भएको झडपमा परि स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको हो । उक्त झडपमा ९ जना घाइते भएका छन्।

झडपमा परि स्थानीय ५४ वर्षीय धनिराम यादवको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिए।उनका अनुसार मृतक यादवको टाउकोमा गहिरो चोट लागेको थियो।

प्रहरीका अनुसार मेलामा पुगेका नरेश गुप्तामाथि यादब समुहले कुटपिट गरेको थियो ।पूर्णिमाको अवसरमा सोमबार बेलुका लागेको मेलामा दुई समुहबीच झडप भएको हो ।

त्यसपछि थप दलबलसहित पुगेका दूई समुहका बीचमा लाठी, भाटाको प्रयोग गरी कुटाकुट भएको थियो । दोहोरो झडमा परेर ९ जना घाइते भएका छन् । घाइतेहरुको बाँकेका विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी प्रबक्ता खड्काको कमाण्डमा झन्डै एक सयको हाराहारीमा नेपाल प्रहरी र २५ जना सशस्त्र प्रहरी परिचालन भएको प्रहरीले जानकारी दिएको छ।

‘घटनास्थलवाट म पनि विहान २ बजेमात्रै फर्किएको हो,’ डिएसपी खड्काले भने ‘अहिले पनि प्रहरी र सशस्त्र प्रहरीको एउटा टोली त्यही खटिएको छ।’

उनले अहिले त्यहाँको स्थिति सामान्य भइसकेको जानकारी दिए। यसैबीच प्रहरीले घटनामा संलग्न दुबै समुहका गरि ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

झडपमा संलग्न रहेका मध्य केही फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्