Logo
१५ बैशाख २०८१, शनिबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेश अन्तरगत रुपन्देहीको बुटवल स्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल-७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

मंसिर ११ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकी बुटवलकी महिला मंसिर १३ गते अस्पताल भर्ना भएकीमा सोमबार दिउँसो मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । उनी मधुमेहको दीर्घ रोगी थिइन्

यस्तै, मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुकी महिला मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको अस्पतालले बताएको छ ।

कोरोना संक्रमण पुष्टी भएपछि दुई दिनसम्म उनी होम आइसोलेसनमै बसेकी थिइन् ।प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२१, कपिलवस्तुमा २१ र लुम्बिनी प्रदेशमा २९२ पुगेको छ ।

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्