Logo
१२ श्रावण २०८१, शनिबार
(November 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा वृद्धि, आज मात्रै २९ जनाको ज्यान गयो

file photo
नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १५ सयभन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा थप २९ जना संक्रमितको मृत्यु भएसँगै कुल संक्रमित मृतकको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा हालसम्म १७ लाख ३७ हजार ७४७ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३५ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १७ हजार ४२३ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्