Logo
१२ श्रावण २०८१, शनिबार
(November 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महामारीमा विदेशबाट कति फर्किए ? छैन् सरकारसँग विवरण !

महामारीमा ज्यान जोगाउन भन्दै विदेशबाट फर्किएकाहरुको यकिङ तथ्यांक सरकारसँग नभएको पाइएको छ ।

गत माघ चीनको बुहानमा कोरोनादेखिएपछि नेपालीहरु फर्किने क्रम सुरुभएपनि सरकारसँग कोभिडका कारण ठ्याक्कै कति नेपाली फर्किए त्यसको यकिङ तथ्यांक छैन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विदेशबाट फर्किएकाहरुको तथ्यांक यकिङ नहुँदा बेरोजगार बन्न पुगेकाहरुलाई रोजगारि दिन सरकारले सकेको छैन् ।

श्रममन्त्री रामेश्वर राय यादवले यकिङ् तथ्यांकको अभावमा बेरोजगार बनेकाहरुलाई रोजगारी दिन नसकिएको स्वीकारेका छन् ।
उनका अनुसार बल्ल महामारीका बेला विदेशबाट फर्किएकाको तथ्यांक संकलनको काम थालिएको छ ।

‘कतिले रोजगारी गुमाएर विदेशबाट फर्किए, कति बेरोजार बन्न पुगे त्यसको तथ्यांक छैन् । स्थानीय तहमार्फत अब तथ्यांक संकलन गरेर स्वदेशमै रोजगारीका अवसर खोजिदिनेछौं,’ मन्त्री यादवले बताए ।

सरकारले महामारीमा अलपत्र परेकाहरुको विमान चार्टर गरेरै उद्दारसमेत गरेको थियो तर यकिङ तथ्यांक सो बेला नराखेको मन्त्री यादवको भनाई छ ।

सरकारले रोजगारी दिन नसकेको भन्दै महामारीकै बिचमा विदेशिने क्रम बढेपछि सरकारको चर्को आलोचना समेत हुँदै आएको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा कात्तिक २४ गतेको मन्त्रीपरिषद् बैठकले रोजगारी सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार तथ्यांक संकलनका लागि स्थानिय तहलाई पत्राचार गरिएको श्रममन्त्री यादवको भनाई छ ।

‘अर्थमन्त्रालयको प्रस्तावमा तथ्यांक संकलन गर्ने निर्णय भएपनि रोजगारी दिनेकाम श्रम मन्त्रालयको हुनेछ, हामी सिपभएकाहरुलाई रोजगारी र सिपनभएकाहरुलाई काम सिकाएर आत्मनिर्भर बनाउने छौ,’ श्रममन्त्री यादवले बताए ।

सरकारको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र तथ्यांक संकलन गरि पठाउन स्थानीय तहहरुलाई निर्देशन दिइसकेको छ ।

मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमका अनुसार कोभिडका कारण फर्किएका र अध्ययन सकेर शिक्षित भएकाहरु र बेरोजगारको विवरण संकलन गरिर्दैछ ।

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्