Logo
१२ श्रावण २०८१, शनिबार
(November 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजा आऊ देश बचाऊ भन्दै राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौंमा राष्ट्रिय शक्ति नेपालले राजतन्त्रको पक्षमा आज प्रदर्शन गरेको छ।

राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।

माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए ।त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए ।

माइतीघरबाट बानेश्वर पुगेकाउ उनीहरु ‘राजा जनता एक हौ, ‘राष्ट्रिय एकता कायम गरु भन्दै नारा लगाएका थिए।

जबजब सरकार जनताको दैनिकसँग जोडिएका विषयलाई सम्बोधन गर्न असफल हुन्छ त्यतिखेर राजावादीहरुको सक्रियता बढ्ने गर्छ।

केही समयदेखि देशका विभिन्न भागमा पूर्व राजा ज्ञानेन्द्रका समर्थकहरुले राजतन्त्रको पक्षमा सभा र र्‍यालीहरु गर्दै आएका छन्।

राजधानीमा पनि केही दिनदेखि राजतन्त्रको पक्षमा दैनिकजसो प्रदर्शन भइरहेको छ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी आन्तरिक कलह र प्रमुख प्रतिपक्षी दल नेपाली काँंग्रेस निस्तेज अवस्थामा रहँदा राजावादीहरु सक्रिय देखिएका हुन्।

आजको जुलुसमा पनि प्रदर्शनकारीले जनतासँग जोडिएका मुद्दालाई उठाएका थिए।

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्