Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाइडेनद्वारा ह्वाइट हाउसको संचार टोलीमा महिलाहरु नियुक्त

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गरेका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी भएकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।

बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताउनु भएको छ ।

उनीहरु सबै योग्य, अनुभवी संचार विज्ञ रहेको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताएकी छन् ।

बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्ने भएकी भएकी छन् । उनले ह्वाइट हाउसको संचार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नेछिन् ।

बेडिङफिल्डले बाइडेन-ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रुपमा सेवा गरेकी थिइन् ।

उहाँले ह्वाइट हाउसको संचार निर्देशकका रुपमा सेवा गर्ने अवसर प्रदान गर्नु भएकामा बाइडेन र ह्यारिस दुबैलाई धन्यवाद दिनु भएको छ ।

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्