Logo
११ बैशाख २०८१, मंगलबार
(November 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १७ घाइते

सुदूरश्चिम प्रदेश स्थित अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।उक्त दुर्घटनामा १७ जना घाइते भएका छन् ।

धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना भएको हो ।बस साँपे-चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।

दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

उनको उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।१७ घाइते सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्