Logo
१३ बैशाख २०८१, बिहीबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘इज्जत’ का लागि सुपारी दिएर छोरीको हत्या गराउने आमाबुवासहित ५ जना पक्राउ

तस्विर सौजन्य : देश सञ्चार

छोरी प्रेममा परेपछि ‘इज्जत’ का लागि प्रदेश २ स्थित सुपारी दिएर छोरीको हत्या गराउने आमाबुवासहित ५ जना पक्राउ परेका छन् । समाजमा रहेको इज्जतको लागि आफनै छोरीको सुपारी दिएर हत्या गराएको अभियोगमा हत्यामा संलग्न बुवा आमासहित ५ जनालाई रौतहट प्रहरीले पक्राउ गरेका हुन् ।

गत कात्तिक २६ गते राति माधव नारायण नगरपालिका ७ लौकाहा टोलकी १८ वर्षीया अमृताकुमारी साहको आफ्नै घरमा गोली हानी हत्या गरिएको थियो। साहको टाउकोमा गोली लागेर घटनास्थलमा नै ज्यान गएको थियो।

इज्जत जाने भन्दै आफ्नै छोरीको एक लाख रुपैयाँ सुपारी दिएर हत्या गर्न लगाउने रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहा वस्ने मृतकका बुबा ५५ वर्षीय रामअयोध्या साह,आमा सता देवी साह, देवाही गोनाही नगरपालिका २ लक्ष्मिनीया करुनिया वस्ने ६० बर्षिय शेख अलियास, शेख ईम्ताज र परोहा नगरपालिका ४ वस्ने ४६ बर्षियको छोटेलाल साहलाई प्रहरीले पक्राउ गरेको हो।

अमृताको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनका आमा बुवासहित पाँचजनालाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

गाउँ समाजमा आफनो इज्जत जाने भनी अमृताको आफनै बुवाले एक लाख सुपारी दिएर हत्या गर्न लगाएको भन्‍ने कुरा अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा रौतहटका प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहले जानकारी दिए।

पाँचैजनाले अपराध गरेको भन्ने कुरा स्वीकार समेत गरिसकेको तथा रौतहट जिल्ला अदालतबाट उनीहरु बिरुद्ध ज्यान सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक शाहले बताए।

मृतक अमृताको आफनै गाउँको थारु भन्ने सोसिन्द्र प्रसाद भगतसँग ३ वर्षदेखि प्रेम सम्बन्ध थियो। सोही क्रममा नै उनको २०७६ साल फागुनमा सर्लाही विष्णु गाउपालिका ३ बस्ने मानकी साहको छोरा रुपेश साहसँग मागी विवाह भएको थियो ।

तर,अमृताका श्रीमान् साहमाथि छुरा प्रहार गरी ज्यान मार्ने समेतको आक्रमण भएपछि उनी माइतीमा बस्दै आएकी थिइन्। गत असारमा रुपेश र अमृताबीच सम्बन्ध विच्छेद भएको थियो।

सम्बन्ध विच्छेद भए पनि उनका श्रीमान् पक्षबाट अमृता र उनका प्रेमी सोसिन्द्रमाथि ज्यान मार्ने उद्योग मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता भएको थियो।

सोसिन्द्र र अमृताबिचको प्रेम समबन्ध घर परिवारलाई भने स्विकार्य थिएन । साथै सर्लाहीको मुद्दामा छोरी पक्राउ परे ईज्जत जाने र सोसिन्द्रसित भागेर जाने डरका कारण अमृताका बुवा र भिनाजु लक्ष्मण साह मिलेर परोहा नगरपालिका ४ वस्ने छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ दिई भारतमा लगि मार्ने योजना बनाएपनि अमृता बाँच्न सफल भएकी थिइन्।

उक्त योजना असफल भएपछि पुनः योजना बनाइ अमृताका बुवा र भिनाजुले सोही गोनाही नगरपालिका २ लक्ष्मिनीया कुरुनीया वस्ने कैमुल देवानलाई एक लाख सुपारी दिएर गोली हानी हत्या गर्न लगाएको पत्रकार सम्मेलनमा रौतहटका प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले जानकारी दिए।

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्