Logo
४ बैशाख २०८१, मंगलबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जंगीअड्डामा भब्य स्वागतपछि प्रधानमन्त्रीसँग र चिनिया रक्षामन्त्रीबीच शिष्टाचार भेट

नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री रक्षामन्त्री वेइ फेङ्हेले प्रधानमन्त्री केपि शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । यसअघि रक्षामन्त्री रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका थिए ।

चीनको राज्यपरिषद् सदस्य समेत रहेका रक्षामन्त्री वेइ फेङ्हेलाई भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले सम्मान गारद अर्पण गरेका थिए ।

रक्षामन्त्री फेङ्हे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।

आइतबार नै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्