Logo
७ बैशाख २०८१, शुक्रबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याग्दीमा जीप दुर्घटना हुदाँ एकको मृत्यु, ५ जना घाइते

गण्डकी प्रदेश स्थित म्याग्दीमा बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् ।

बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २-०३००१ च ०२५२ नम्बरको बोलेरो जीप आज बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो ।

म्याग्दीको मङ्गला गाउँपालिका-२ बावियाचौरको काफलचौरमा  बोलेरो जीप दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालयले दुर्घटनमा परेर जीपमा सवार ११ वर्षीया बालिका करिस्मा क्षेत्रीको मृत्यु भएको जानकारी दिएको छ ।

दुर्घटनमा परी जीपका चालक ४२ वर्षका खुमबहादुर कटुवालसहित पाँच जना घाइते भएका छन् ।घाइते चालक कटुवाल र उनकी श्रीमती सुनिता क्षेत्री, जीपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारका लागि बेनी अस्पताल लगिएको छ ।

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्