Logo
८ बैशाख २०८१, शनिबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर कोरोना संक्रमितको कुल संख्या ६ करोड २५ लाख ७३ हजार पुग्यो

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २५ लाख ७३ हजार पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमित संख्या ६ करोड २५ लाख ७३ हजार पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख ५८ हजार तीन सय पाँच पुगेको छ ।

विश्वभर कुल सक्रिय कोरोना संक्रमितको संख्या एक करोड ७७ लाख पुगेको छ । जसमध्ये ४ करोड ३१ लाख संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ३६ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ७२ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९३ लाख संक्रमितमध्ये एक लाख ३६ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६२ लाख ९० हजार संक्रमितमध्ये एक लाख ७२ हजारको मृत्यु भएको छ ।

फ्रान्समा २२ लाख ८ हजार संक्रमित संख्यामध्ये ५२ हजारको मृत्यु भइसकेको छ । रुसमा २२ लाख संक्रमितमध्ये ३९ हजारको मृत्यु भएको छ ।

स्पेनमा १६ लाख संक्रमितमध्ये ४४ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख कोरोना संक्रमितमध्ये ५८ हजारको मृत्यु भएको छ ।

इटालीमा १५ लाख संक्रमितमध्ये ५४ हजारको मृत्यु भएको छ ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ ।

अहिलेसम्म २ लाख २९ हजार ३ सय ४३ जना संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्