Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काडमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेई फेङ्हे

चिनियाँ रक्षामन्त्री वेई फेङ्हे काडमाडौं आइपुगेका छन् ।

केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ रक्षामन्त्री अवतरण गरेका छन् ।

विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने र केहीबेर आराम गरेपछि उनी औपचारिक भेटवार्ताका लागि निस्किने छन् ।

केही घण्टाका लागि काठमाडौं आएका फेङ्हे उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् ।

सबैभन्दा पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने छन् ।

सबैभन्दा पहिले जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ ।

त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार कल (अफिस कल) गर्ने छन् । अनि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने छ ।

जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् ।बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।

राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ ।

 

 

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्