Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयले गर्यो सशस्त्र प्रहरीका ८ डीआईजी र १ एसएसपीको काज सरुवा {सूचीसहित}

सशस्त्र प्रहरी बल नेपालका ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको काज गृह मन्त्रालयले सरुवा गरेको छ ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रिस्तरीय निर्णय गर्दै ८ डीआईजी र १ जना एसएसपीको सरुवा गरेको हो ।

डीआईजीसँगै एकजना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको पनि सरुवा भएको छ । डीआईजी राजु अर्यालको उपत्यका हेर्ने पशुपति बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ ।

अर्याल सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता थिए । त्यस्तै पशुपति बाहिनीको बाहिनीपतिमा रहेका डीआईजी प्रविणकुमार श्रेष्ठको बैद्यनाथ बाहिनी मुुख्यालय कैलाली सरुवा गरिएको छ ।

बैद्यनाथ बाहिनी मुख्यालयका निमित्त बाहिनीपति रहेका एसएसपी अभिकुमार खत्रीको महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत काज सरुवा भएको छ ।

हेर्नुहोस् (सूचीसहित)

 

प्रकाशित मिति: Nov 27, 2020

प्रतिक्रिया दिनुहोस्