Logo
१२ श्रावण २०८१, शनिबार
(November 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारतबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक छ : भारतीय विदेश सचिव श्रृंगला

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारतसँगै काम गर्न आवश्यक रहेको बताएका छन् ।

एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा श्रृखलाले दुई देशबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेको बताए।

शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा केहीबेर नेपालीमै सम्बोधन गर्दै श्रृंगलाले नेपालजस्तो सुन्दर देशमा विदेश सचिवका हैसियतमा भ्रमण गर्न पाउनु सौभाग्य भएको उल्लेख गरेका छन् ।

उक्त कार्यक्रममा श्रृखलाले दुई देशबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेको बताएका छन् । कोरोना महामारीमा पनि दुवै देशसँगै रहेको र मिलेर लड्नुपर्नेमा उनले जोड दिएका छन् । भारतले कोरोना खोपका लागि काम गरिरहेको भन्दै उनले भने, जब खोप आउँछ, नेपालको आवश्यकता पूरा गर्ने हाम्रो प्राथमिकता हुनेछ ।’

नेपालको जलविद्युत दक्षिण एशियामै क्लिन इनर्जीका लागि गेम चेन्जर हुने भन्दै श्रृंगलाले भारतको बजार नेपाली कम्पनीहरूका लागि सधैँ खुला रहेको बताए ।

भारतले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा नयाँ भारतको सपना देखिरहेको भन्दै उनले आधुनिक र मध्यम आए भएको मुलुक बनाउने भारतको सपना रहेको पनि बताए ।

उनले भने, ‘हामीले भारतमा मात्र होइन परपरसम्म हेरेर सपना देखिरहेका छौं । हामी यो सपनालाई वास्तविकतामा बदल्न निरन्तर मेहनत गरिरहेका छौं र नेपालका मित्रहरूलाई हाम्रो यात्राको हिस्सा बनाउन चाहन्छौं । हामी यो एक्लै गर्न सक्दैनौं जसरी तपाईंहरू आफ्नो सपना एक्लै पूरा गर्न सक्नुहुन्न । हाम्रो क्षेत्रमा, दक्षिण एशियामा, हामी एक-अर्कामा निर्भर छौं, एक-अर्कालाई चाहिन्छौं ।’

प्रकाशित मिति: Nov 27, 2020

प्रतिक्रिया दिनुहोस्