Logo
१२ श्रावण २०८१, शनिबार
(November 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

बाग्मती प्रदेश स्थित चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण भरतपुर महानगरपालिका-१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बस्ने ५७ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका-१७ का ७७ वर्षीय पुरुषको मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि ५ गते अस्पताल भर्ना भएको अस्पताल स्रोतले जनाएको छ ।

उनलाई ६ मंसिरमा कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । उनको उपचारको क्रममा शुक्रबार बिहान ५स्१५ मा मृत्यु भएको पौडेलले बताए ।

त्यसैगरी हेटौंडा-१० की ५७ वर्षीया महिलामा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मंसिर ११ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भरतपुर अस्पतालमा ल्याइएको थियो ।

ती महिलालाई बिहीबार नै कोभिड आइसियुमा राखेर उपचार थालिएको थियो । उनको उपचारको क्रममा शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो ।

प्रकाशित मिति: Nov 27, 2020

प्रतिक्रिया दिनुहोस्