Logo
१२ श्रावण २०८१, शनिबार
(November 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मीमा जीप दुर्घटना हुदाँ ५ जनाको मृत्यु, ३ घाइते

लुम्बिनी प्रदेश स्थित गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । उक्त दुघर्टनामा परी २ जना गम्भीर घाइते भएका छन् ।

गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर-४ को हुल भन्ने ठाउँमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

शुक्रबार बिहान इस्माबाट तम्घास आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा चालकसहित ९ जना थिए ।दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा इस्मा गाउँपालिका-४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका-५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरी चौकीले जानकारी दिएको छ ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ ।चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरु उद्धारमा जुटेको इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् ।

प्रकाशित मिति: Nov 27, 2020

प्रतिक्रिया दिनुहोस्