Logo
९ जेष्ठ २०८१, बुधबार
(November 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमी वायुको प्रभावसँगै काठमाडौंसहित देशभर चिसो बढ्यो, केही स्थानमा हिमपात र वर्षा हुने

पश्चिमी वायुको प्रभावसँगै आज काठमाडौंसहित देशभर चिसोबढ्नुको साथै केहि स्थानमा हिमपात हुने सम्भावना रहेको छ ।

देशभर आज शुक्रबार आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुनुका साथै सुदूरपश्चिम र मध्य क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्यत हिमपात हुने तथा बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ मा आंशिक बदलि रही बाँकि भुभागमा मौसम सामान्यतया सफा रहनेछ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ३५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

प्रकाशित मिति: Nov 27, 2020

प्रतिक्रिया दिनुहोस्