Logo
४ बैशाख २०८१, मंगलबार
(November 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोडाकका डिजिटल उत्पादन नेपाली बजारमा

कुनै समय क्यामरा र फोटो फिल्ममा साम्राज्य जमाएको १ सय ४१ वर्ष पुरानो अमेरिकी कम्पनी कोडाक केही समयको विश्रामपछि आक्रामक रुपमा विश्वबजारमा प्रवेश गरेको छ ।

डिजिटल क्यामराको युग सुरु भएपछि फिल्ममा आधारित कोडाक क्यामराले प्रतिस्पर्धा गर्न नसकेपछि केही समय विश्राम लिन बाध्य भएको थियो । कम्पनीले नविन प्रविधिको प्रयोगसहित पुनः आफ्ना उत्पादन सुरु गरेर विश्वबजारमा प्रवेश गरेको हो । गुणस्तरीय उत्पादन, नविन प्रविधि र ग्राहकको सन्तुष्टि यो ब्रान्डका विशेषता हुन् ।

उत्पादन सुरु गरेर प्रतिस्पर्धी बजारमा प्रवेश गरेको कम्पनीले आममानिसमा आफ्नो क्षमता देखाउन सफल भएको छ । कोडाक ब्रान्डका उत्पादनहरु नेपाली बजारमा पनि भित्रिएका छन् । हेभी हेल्प लिंक प्रा.लि. ले कोडाक ब्रान्डका उत्पादन भित्र्याएको हो । नेपाली बजारमा भित्रिएको यो ब्रान्ड चाँडै देशका विभिन्न ठाउँमा पुग्ने छ ।

कम्पनीका प्रबन्ध निर्देशक राकेश श्रेष्ठले अब चाँडै नै डिजिटल प्लेटफर्ममा पनि उपलब्ध हुने जानकारी दिनुभयो । सन् २००० मा स्थापना भएको हेभी हेल्प लिंक प्रालिसँग २० वर्षको अनुभव छ । यो कम्पनीले २० वर्षदेखि नेपाली बजारमा फुजी, मित्सुबिसी, कोनिका, मिनोल्टा, कोडाक जस्ता विश्वविख्यात ब्रान्डका उत्पादन बिक्री वितरण गर्दै आएको छ ।

कोरोना भाइरसको महामारीका कारण कम्पनीले तत्काल कोडाकका सम्पूर्ण उत्पादन नेपाली बजारमा ल्याउन नसके मल्टिमिडियाका लागि आवश्यक सम्पूर्ण सामान उपलब्ध गराउने प्रबन्ध निर्देशक श्रेष्ठले बताउनुभयो । अहिले नेपाली बजारमा कोडाकका Internal SSD, SD, M.2 SSD, USB र Portable SSD उपलब्ध छन् । कोडाक ब्रान्डका यी र यस्ता सामान प्रयोग गरेपछि उपभोक्ता पूर्णरुपमा सन्तुष्ट हुने विश्वास कम्पनीले लिएको छ ।

अहिले उपलब्ध उत्पादन प्रयोग गर्ने प्राविधिकहरुबाट आएको प्रतिक्रियाबाट पनि आफू उत्साहित भएको कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले बताउनुभयो । बजारमा अहिले विभिन्न ब्रान्डका उत्पादन उपलब्ध छन् ।

सबै ब्रान्डका उत्पादन गुणस्तरीय नहुँदा उपभोक्ता सधैं मारमा पर्दै आएका छन् । अब कोडाकका उत्पादन बजारमा उपलब्ध हुन थालेपछि उपभोक्ता ठगिने डर हटेको छ भने गुणस्तरीय उत्पादनले बजार पाउने विश्वास बढेको छ । यो ब्रान्डले नेपाली बजारमा चाँडै आफ्नो प्रभुत्व कायम गर्न सफल हुने देखिएको छ ।

प्रकाशित मिति: Nov 26, 2020

प्रतिक्रिया दिनुहोस्