Logo
१५ चैत्र २०८०, बिहीबार
(November 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव नेतृत्वको नेकपामा मिसिदैँ माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता गर्ने बताएका छन्। उनले एकताको लागि विप्लवसँग छलफल भइरहेको जानकारी दिए।

उनले भने,‘आगामी बैशाखमा राष्ट्रिय सम्मेलन हुँदैछ, त्यतिवेलासम्म वातावरण बन्छ।’ देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने पनि निर्णय गरिएको पार्टीले जनाएको छ।

पार्टीले ‘मुख्यतः रुपान्तरणमा जोड एवं महाधू्रवीकरण पहल’ को निर्णय गरेको छ। यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उक्त पार्टीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो।’

त्यस्तै, कार्यक्रममा पार्टीका उपाध्यक्ष विनोदकुमार उपाध्यायले धन्यवाद मन्तव्य राखेका थिए। उनले नयाँ ढंगको विचारको विकास गरिराखेको सुनाउँदै एकजुट भएर क्रान्तिकारी विचारको विकास गर्नुपर्नेमा जोड दिए। उनले देशभक्तिपूर्ण आन्दोलन गर्नुको पनि बताए।

प्रकाशित मिति: Nov 26, 2020

प्रतिक्रिया दिनुहोस्