Logo
७ बैशाख २०८१, शुक्रबार
(November 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना महामारीमा पनि घटेन व्यापारघाटा, तीनमहीनामा २ खर्ब ६१ अर्ब घाटा !

चालू आर्थिक वर्षको तीन महिनामा कुल वस्तु निर्यात १४ दशमलव ३ प्रतिशतले वृद्धि भई ३१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १९ दशमलव ४ प्रतिशत र ७ दशमलव ४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५३ दशमलव २ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैंची, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छालालगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु आयात १२ दशमलव ७ प्रतिशतले घटेर २९२ अर्ब २७ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दशमलव ३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुककाआधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६ दशमलव ६ प्रतिशत, २६ दशमलव ९ प्रतिशत र १९ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, हवाईजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm सुख्खा बन्दरगाह, कैलाली, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगन्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १५ दशमलव १ प्रतिशतले घटी २६१ अर्ब २२ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव ६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव १ प्रतिशत रहेको थियो ।

वार्षिक विन्दुगत आधारमा असोज महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक १ दशमलव १ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक ३ दशमलव ८ प्रतिशतले घटेको छ । गत वर्षको असोज महिनामा ४ दशमलव ४ प्रतिशतले बढेको व्यापारको शर्त यसपटक ५ दशमलव १ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: Nov 26, 2020

प्रतिक्रिया दिनुहोस्