Logo
६ जेष्ठ २०८१, आईतबार
(November 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं आए भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि बिहान ११ बजे काठमाडौं आइपुगेका छन् ।

श्रींगला बिहीबार बिहान ११ बजे चार्टर्ड विमानबाट अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका विदेश सचिव श्रृंगलाको यो भ्रमण दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम छ।

श्रींगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्स्चिट्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयर्स ९एआइडिआइए० ले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्।

उनी शुक्रबार ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । शुक्रवार नै श्रृंगला स्वदेश फर्किने छन् ।

काठमाडौँस्थित भारतीय राजदूतावास स्रोतका अनुसार नेपाली समकक्षी र अन्य उच्च अधिकारीहरुसाग भेटघाटको क्रममा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुने  जनाएको छ ।

प्रकाशित मिति: Nov 26, 2020

प्रतिक्रिया दिनुहोस्