Logo
३० असार २०८२, सोमबार
(November 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव सेवा आश्रमको संयोजक तथा कानुनी सल्लाहकारमा पत्रकार सुष्मा पौडेल नियुक्त

सामाजिक पत्रकारिताको अभियन्ता सुष्मा पौडेल मानव सेवा आश्रमको संयोजक तथा कानुनी सल्लाहकारमा नियुक्त भएकी छिन् ।

पोखरामा प्रतिनिधि मुलक अभिभावक तथा अभियन्ताको भेलाले अभिभावक तर्फबाट अधिवक्ता तथा सामाजिक अभियन्ता पौडेललाई निर्विरोध रुपमा चयन गरेको हो।

पत्रकारितासंगै अपांग, बालवालिका तथा असक्तका पक्षमा समाचार लेख्ने तथा वकालत गर्ने कार्यमा सक्रिय पौडेललाई आश्रमको केन्द्रीय टिमले कानुनी सल्लाहकारमा समेत चयन गरेको छ ।

देशभरका १५ वटा जिल्लामा बिस्तार भएको शाखालाई अझ व्यवस्थित बनाउन अभिभावक टिम गठन गरिएको अभियन्ता तथा केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए ।

उक्त टिममा आश्रमको नियम अनुरुप पत्रकार आश्रमका अभियन्ता तर्फ जिल्ला संयोजक राजन सापकोटा सदस्य सचिव रहने व्यवस्था रहेको छ भने विभिन्न क्षेत्रका अन्य १९ जना सदस्य चयन गरिएको छ ।

त्यस्तै चेकमा हस्ताक्षर तथा आर्थिक हिसाब किताब पार्दर्सि वनाउन सदस्य उषा गोशेलीलाइ चयन गरिएको छ भने अन्य सदस्यमा विष्णुवहादुर भट्टराई, राजेश फुयाल, होमराज भट्टराई, दिनेश शर्मा, शोभा पौडेल,मदन थापा, दुर्गाप्रसाद तिमील्सिना, राहुल पाण्डे, मेघमान श्रेष्ठ रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा विष्णु गुरुङ, शान्ति न्यौपाने, लक्ष्मी भट्टराई, कमला पराजुली, लक्ष्मी थापा, कुलमाया क्षेत्री, धर्मराज वास्तोला, धनवहादुर थापा र लालशिव गोगी रहेका छन् ।

 

 

प्रकाशित मिति: Nov 26, 2020

प्रतिक्रिया दिनुहोस्