Logo
१२ श्रावण २०८१, शनिबार
(November 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीपरिषद् बैठकद्वारा सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति प्रदान

file photo

बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति प्रदान गरेको छ ।

सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका निम्ति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको हो ।

आर्थिक वर्ष २०६४/६५ बाट सुरु भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रूपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।

भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका निम्ति स्वीकृति प्रदान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेस गरेकी थिइन् ।

अर्याल भनिन्, ‘सरकारले पहिलो पटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको छ । त्यो कार्य अहिले सम्पन्न भएको छ । अब हामी आफैले नापेको सगरमाथाको उचाइ औपचारिक रूपमा घोषणा गर्ने चरणमा आइपुगेका छौ ।’

मन्त्रीपरिषद्बाट स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्नेछ ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरूको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो ।

सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ सँयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो ।

सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।यसअघि विभिन्न देशहरूले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए ।

पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ हालसम्म कायम रहिआएको छ ।

प्रकाशित मिति: Nov 26, 2020

प्रतिक्रिया दिनुहोस्