Logo
१३ बैशाख २०८१, बिहीबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मूल्य वृद्धिदर निरन्तर ओरोलो लागेको राष्ट्र बैंकको निष्कर्श

मूल्यवृद्धि दर थप घटेको छ। चालु आर्थिक वर्षको तीन महिनामा उपभोक्ता मुद्रास्फीति ३.७९ प्रतिशतमा झरेको हो। दुई महिनाको अवधिमा मूद्रास्फीति ४.५२ प्रतिशत थियो।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२१ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४६ प्रतिशत रहेको छ।

२०७६ असोजको तुलनामा २०७७ असोजमा तरकारी उपसमुहको मुल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि १३.८६ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत, तराईमा ४.४६ प्रतिशत, पहाडमा ३.०३ प्रतिशत र हिमालमा ४.३९ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७६ असोजमा यी क्षेत्रहरुमा क्रमशः ८.१४ प्रतिशत, ५.७५ प्रतिशत, ४.८९ प्रतिशत र ५.११ प्रतिशत मुद्रास्फीति रहेको थियो।

२०७७ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.२६ समग्न मुद्रास्फीति प्रतिशत रहेको छ। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.८७ प्रतिशत, ८.७८ प्रतिशत र ३.१३ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.१३ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्