देशभर २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना पुष्टि, ३१४० संक्रमणमुक्त
नेपालमा गएको २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४० जना कोरोनामुक्त भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।
आज देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा ९ हजार २१० जनाको पिसिआर परीक्षण भएको छ।
आज देशभर २८ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ८९ जना संक्रमितको मृत्यु भइसकेको छ।