Logo
१२ श्रावण २०८१, शनिबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद र कर्मचारी सबैभन्दा भ्रष्ट : ट्रान्सपरेन्सी सर्वेक्षण रिर्पोट

नेपालका सांसद र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्ट भएको निश्कर्ष निकालिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले एसियाका १७ देशमा गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया, २०२०’ प्रतिवेदन अनुसार सांसद र कर्मचारीलाई भ्रष्टाचारी मान्ने उत्तरदाता समान ४३/४३ प्रतिशत छन् ।

विभिन्न क्षेत्रका एक हजार जनामा गरिएको सर्वेक्षण अनुसार १२ प्रतिशतले पछिल्लो एक वर्ष सरकारी निकायबाट काम गर्दा घुस खुवाउनु परेको छ ।

त्यस्तै, ४० प्रतिशतले स्थानीय सरकारका अधिकारी र २८ प्रतिशतले प्रहरीलाई भ्रष्ट मानेका छन् । न्यायाधीश र न्यायीक अधिकारीलाई २४ प्रतिशतले भ्रष्ट भनेका छन् ।

सर्वेक्षण अनुसार ८४ प्रतिशतले सरकारी भ्रष्टाचारलाई सबैभन्दा ठूलो समस्याको रुपमा लिएका छन् । जबकी सरकारी भ्रष्टाचारलाई प्रमुख समस्या मान्नेहरूमा चीनमा ६२, दक्षिण कोरियामा ५५, म्यान्मारमा ५० र कम्बोडियामा जम्मा ३३ प्रतिशत छन् ।

कम्बोडियामा १२, दक्षिण कोरियामा १७ र चीनमा २० प्रतिशतले मात्रै भ्रष्टाचार बढेको निष्कर्ष निकालेका छन् । जानकारहरूका अनुसार यो सर्वेक्षणको सबैभन्दा खराब पाटो नै यही हो ।

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई), नेपालका अध्यक्ष खेमराज रेग्मी भन्छन्, ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखसम्म हेर्दिन भनिरहनु भएका बेला एसिया १७ देश मध्ये नेपाल सबैभन्दा बढी भ्रष्टाचार बढेको मुलुक हुनु दुर्भाग्य हो ।’

रेग्मीका अनुसार प्रधानमन्त्री स्वयम भ्रष्टाचारमा मुछिएका आफ्ना ‘कलिग’लाई बचाउन लाग्नु भएको छ भन्ने उल्लेख हुनु पनि सुखद् होइन ।

 

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्