Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटनमन्त्री भट्टराईले गरे आफ्नो बीमा रकमबाट ३ सय विपन्न नागरिकको कोरोना बीमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना बीमाबाट आफूले प्राप्त गरेको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका तीन सयजना विपन्न नागरीकको कोरोना बीमा गरेका छन् ।

मन्त्री भट्टराईले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै उनले बीमावापतको एक लाख रुपैयाँ प्राप्त गरेका थिए ।उक्त रकमबाट मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका ३ सय न्यून आए भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बीमा गर्न खर्च गरेका हुन् ।

कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका तीन सय विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका उनका स्वकीय सचिव प्रेम गुरागाईले बताएका छन् ।

गुरागाईका अनुसार मन्त्री भट्टराईले आफ्नो तलवभत्ताबाट ताप्लेजुङ स्थायी ठेगाना भएका कुल १२७६ जनाको कोरोना बीमा गराइदिएका छन् ।

यसरी मन्त्री भट्टराईले कुल १५७६ जना नागरिकको कोरोना बीमा आफ्नो खर्चबाट गराइदिएको उनको सचिवालयले जानकारी दिएको छ ।

उनी ताप्लेजुङ जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्