Logo
१२ श्रावण २०८१, शनिबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले ओलीमाथि लगाएका गम्भीर आरोपसहितको प्रतिवेदन गाँउगाँउमा पुग्यो

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयमा पेस गरेको १९ पृष्ठ लामो राजनीति प्रतिवेदन किताबका रुपमा छापिएर गाँउ गाँउ पुग्दै छ ।

प्रधानमन्त्री एंव अध्यक्ष केपी ओलीले आफु विरुद्धको मिथ्या आरोपपत्र फिर्ता लिन माग गरिरहेको छ ।

तर कार्यकारी अध्यक्ष दाहालले भने यसलाई फिर्ता लिनुको साटो गाँउ गाँउमा कार्यकर्ताको हात पुर्याउनका लागि बुकलेटका रुपमा छापेर पठाएका छन् ।

दाहालको आरोपपत्रले पार्टी विभाजनसम्मको खतरा औंल्याइएका बेला बुकलेटको शीर्षक पार्टी एकता र पार्टी निर्माणका आधार नाम दिइएको छ । नेकपाको विधानमा दुवै अध्यक्षले एकीकृत प्रतिवेदन पेस गर्ने उल्लेख छ ।

दुई अध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्ने परिकल्पना विधानले गरेको छैन । अझ कम्युनिष्ट पार्टीमा समानान्तर प्रतिवेदन पेश हुनु भनेको पार्टी विभाजनका लागि ढोका खुला हुनु हो । एकातिर विधान मिचेर र अर्कातिर मिथ्या आरोप लगाएर प्रतिवेदन बनाइएकाले यो छलफलको विषय नै हुननसक्ने ओली पक्षको धारणा रहँदै आएको छ ।

सुरुवातमा आरोपपत्र फिर्ता लिन माग गरेका ओलीले यसबारे माफी माग्नुपर्ने धारणा निकटस्थसँग राखेका छन् । दाहाल पक्ष कुनै पनि हालतमा आरोपपत्र फिर्ता नलिने र ओलीपक्ष यसको नाम नै सुन्न नचाहने अवस्थाले नेकपालाई थप जटिल मोडतर्फ पुर्याउने जानकारहरू बताउँछन् ।

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्