Logo
१२ श्रावण २०८१, शनिबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन

भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ । उनका छोरा फैसल पटेलले ट्वीट गरेर बुधबार बिहान साढे ३ बजे पिताको निधन भएको जानकारी दिएका हुन् ।

७१ वर्षका अहमद पटेल एक पहिना पहिले कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

उनको निधन दिल्लीस्थित सेट गुडगाउँको एक अस्पतालमा भएको हो ।

फैसल पटेलले लेखेका छन्, ‘सबै शुभचिन्तकसँग अनुरोध गर्छु कि यो बेला कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सबै नियमहरु पालना गर्नु होला र भौतिक दूरी कायम गर्ने होला, सामूहिक कार्यक्रम नगर्नु होला ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले अहमद पटेलको निधनप्रति शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्