Logo
१२ बैशाख २०८१, बुधबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा चालक नकुल केसीको मृत्यु

गण्डकी प्रदेश स्थित बागलुङको ढोरपाटन ट्याक्सी दुर्घटना हुँदा चालक नकुल केसीको मृत्यु भएको छ

ढोरपाटन नगरपालिका-२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका-६ का २८ वर्षीय चालक नकुल केसीको मृत्यु भएको हो ।

बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध१ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसी दुर्घटनामा परेको थियो ।राति १० बजेतिर दुर्घटनामा परेको ट्याक्सी मध्यपहाडी लोकमार्गबाट २०० मिटर तल खसेको थियो ।

दुर्घटनापछि खोलामा बेपत्ता चालकको शव आज बिहान बडिगाड गाउँपालिका–६ मा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।

ट्याक्सीमा यात्रु भने सवार नरहेको बुझिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक मङ्गल गुरुङले बताए ।

त्यस्तै हिजै राति सोही स्थानमा लु२च ९११९ नंको पिकअज जीप पनि दुर्घटनामा परेको थियो । जीपका चालक बडिगाड गाउँपालिका-९ का २२ वर्षीय किरण केसी भने सकुशल रहेको प्रहरीले जनाएको छ । जीपमा पनि यात्रु नरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्