Logo
७ बैशाख २०८१, शुक्रबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा

लुम्बिनी प्रदेश  स्थित बुटवलमा नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले कालो झण्डा देखाइएका छन् ।

नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् ।

नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र (रुपन्देही-२) को सैनामैना मा।बि रानिबगिया र पर्रोहा मा।बि। मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए ।

पौडेललाई बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको र वर्तमान सरकार एकपछि अर्को ठूला भ्रष्टाचारमा मुछिएको हुँदा कालो झण्डा देखाएर विरोध गरिएको कांग्रेस रुपन्देहीका युवा नेताले बताए ।

प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् । कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ ।

नेता पौडेललाई गत संसदीय चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएर चुनाव जिते पनि अन्तिममा एजेण्डा छाडेर अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप पनि लाग्दै आएको छ ।

 

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्