Logo
१२ श्रावण २०८१, शनिबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीमा प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्यु

६ वर्षकी बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा  प्रहरीको गोली लागि घाइते भएका एक जनाको मृत्यु भएको छ ।

हिजो सोमबार महोत्तरीको बर्दिबासमा भएको प्रदर्शनमा प्रहरी र स्थानीयबीचको झडपका क्रममा तिघ्रामा गोली लागेर अपचारका लागि काठामाडौं ल्याइएका बुद्धिराज न्यौपानेको उपचारका क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाको छ ।

आइतबार बेलकीदेखि हराएकी बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिकाको सोमबार शव भेटिएको थियो । बालिकाको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गरेर स्थानीय बासिन्दाले हिजो पूर्वपश्चिम राजमार्ग बन्द गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनलाई रोक्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यासका साथै रबरका गोली र हवाइ फायरसमेत गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका अरु दुई जनाको उपचार भइरहेको छ । प्रर्दशनमा १५ प्रहरी समेत घाइते भएका थिए ।

हत्याको आरोपमा पक्राउ परेका गौशाला नगरपालिका–५ का अरुण कुमार साहले बालिकाको हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले साहले यसअघि पनि पटकपटक घटना घटाएको भन्दै आजीवन कैद सजायको माग गर्दै प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्