Logo
१५ चैत्र २०८०, बिहीबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालिका हत्याको विरोधमा बर्दिबासमा प्रदर्शन, प्रहरीको गोली लागेर दुईजना गम्भीर घाइते

प्रदेश नं २ स्थित महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयबासीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली समेत चलाएको छ । जसमा हालसम्म तीनजना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर दुईजना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका-५ का श्याम कार्की र वडा नम्बर १४ का अफताब आलम रहेका छन् ।घाइतेको उपचार शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ ।

आइतबार साँझबाट हराएकी महोत्तरीको बर्दिबास नगरपालिका-१४ की  ६ वर्षीय बालिका गुलाब साहको सोमबार मध्यरातमा बोरामा शव फेला परेपछि स्थानीयले हत्याको विरोध गरिरहेका हुन् । स्थानीयले बलात्कार हत्या भएको आशंका गरेका छन् ।

पूर्व-पश्चिम राजमार्गस्थित बर्दिबास भोलाबसन्त चोकबाटे नव क्षितिज क्यामस जाने मूलबाटोमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको बताएका थिए ।

प्रदर्शनकारीले आरोपितको घरमा आगजनी गरेका छन् । प्रहरीले क्रममा भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो । सोही गोली लागेर दुईजना घाइते भएका हुन् ।

प्रदर्शनकारीले महेन्द्र राजमार्गमा शव राखेर प्रदर्शन गरेका थिए । तर प्रहरीले शव नियन्त्रणमा लिएको छ ।

प्रहरीले हत्या अभियोगमा पक्राउ परेका गौशाला नगरपालिका–५ का अरुण कुमार साहको बर्दिबास स्थित घरलाई प्रदर्शनकारीले जलाएका छन् ।

प्रदर्शनकारीले पटक–पटक साहले घट्ना घटाएककाले उनलाई धराौटीमा छुट्न नपाउने गरी आजीवन कैद सजया हुनुपर्ने, उनको घर भत्काएर स्मृति पार्क बनाउनुपर्ने, हरेक घट्नामा उनको अभिभावक पनि संलग्न रहेकाले मतियारको रुपमा उनीहरुलाई पनि सजाय हुनुपर्नेसहितका माग राखेका छन् ।

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्