Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रणबाट सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको मृत्यु

कोरोना संक्रमणका कारण एक सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा सशस्त्र प्रहरीका इन्स्पेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो ।

अस्पतालको भेन्टिलेटरमा उपचाररत इन्स्पेक्टर बुढाथोकीको गए राति करिब साढे ११ बजे मृत्यु भएकोअस्पताल स्रोतले जनाकारी दिएको छ ।

बुढाथोकीलाई श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । २७ गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

स्वास्प्रस्वासमा समस्या आएका बुढाथोकीमा टाइफाइडको पनि समस्या रहेको र त्यसको नियमित औषधि सेवन गरिरहेका थिए ।

अस्पताल स्रोतका अनुसार बुढाथोकीलाई दुई पटकसम्म प्लाज्मा थेरापी गरिएको थियो । प्लाज्माले पनि काम गरेन । अन्ततः उनको ज्यान गयो ।

तेह्रथुम स्थायी घर भएका बुढाथोकी भदौदेखि मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा कार्यरत थिए ।

बुढाथोकीको  पारिवारिक स्रोत अनुसार उनी अविवाहित थिए । उनको शव विराटनगरस्थित परोपकार घाटमा धार्मिक संस्कार अनुसार अन्त्येष्टि गरिने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्