Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : मानिसदेखि जनावरसम्म सबै दृष्टिविहीन भएको एक अनौठो गाँउ !

हामीले कतिपय घट्नालाई सुन्दा पनि पत्याउनै गाह्रो हुने गर्छ । यो प्रकृतिको नियम भनै या नियति यस धर्तीमा बुझ्नै गाह्रो हुने छ ।

कतिपय घटना हामीलाई सुन्दा आश्चार्य र कारुनिक लाग्ने गर्छ । यो संसारको सृष्टि पनि जैविक विविधताले भरिएको छ । यस संसारमा यस्ता धेरै ठाउँहरु छन् जहाँ अनौठा र रोचक गतिविधिहरु मानिस अथवा कुनै कारण भईरहेका हुन्छन् ।

आज हामी तपाईलाई यस्तै अनौठो घटनाको बारेमा जानकारी दिन गइरहेका छौ । यो घटना मेक्सिकोमा भएको हो । मेक्सिकोमा एक गाउँमा यस्तै घटना भइरहेको छ ।

मेक्सिकोको टिल्टेपक नाम गरेको गाँउमा बालबालीकाहरु सामान्य जन्मिए पनि केहि समयपछि उनीहरुको आँखाको दृष्टि हराउँदछ र बालबालिकाहरु अन्धो बन्छन् । जुन गाउँलाई दृष्टिविहीनहरुको गाउँ भनेर पनि चिन्ने गरिन्छ ।

उक्त गाउँमा बस्ने मानिसमात्र नभई पशुपंक्षीहरु समेत दृष्टिविहीन रहेका छन् । जोपोटेक आदिवासीका मानिसहरु अवस्थित गाउँमा यस्तो अनौठो समस्या देखा परेको हो ।

करिब ७० बटा झुप्रा घरहरु छन् र जनसंख्या ३ सय जति रहेको गाउँका मानिसहरु आफूहरुले सबै अन्धो हुनुमा गाउँमा रहेको एउटा रुखलाई दोषी मान्दै आएका छन् ।

त्यस गाउँका मानिसहरुको घरहरुमा ढोका हुँदैनन् ।स्थानीयहरुले लाभजुएला नामको उक्त रुख हेरेपछि मान्छे मात्र नभै पशुपक्षी सबै अन्धा हुने बताउने गर्छन् । तर यसको बैज्ञानिक कारण भने अर्कै रहेको छ ।

यस गाउँको समस्याको बारेमा बैज्ञानिकहरु भने अन्धोपना हुनको पछाडि उक्त रुखको कुनै हात नरहेको भन्दै आएका छन् । उनीहरुको अनुसार त्यस ठाउँमा एक प्रकारको विषालु झिंगा रहेको बताउदैँ आइरहेका छन् ।

उनिहरुलाई उक्त विषालु झिंगाले टोकेपछि मानिस र जनावरहरुको आँखाको ज्योति हराउने दाबी समेत गरेका छन् ।एजेन्सी

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्