Logo
१२ श्रावण २०८१, शनिबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज तोलामा १ हजार ८ सयले फेरि घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्यमा आज प्रतितोला एक हजार ८०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज एक हजार ८०० ले ओरालो लागेको हो ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर रु एक हजार १८० मा कारोबार भएको छ ।

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्