Logo
१२ श्रावण २०८१, शनिबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगर बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा

पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी छन् ।

बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया किशोरी सपना रोका बीबीसीको प्रभावशाली महिला बन्न सफल भएकी छन् ।

सपनाले तीन दर्जनभन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत बन्दाबन्दीका बेला निःशुल्क खाना खुवाउँदै पनि आएकी छन् ।

१८ वर्षकी सपना रोका मगरले पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आएकी छन् । म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाण्डौ आएकी थिइन् । यहाँ आएपछि उनले बेवारिसे लाश जलाउने गरेको देखेपछि उनले पनि यही काम थालेकी हुन् ।

बीबीसीले मङ्गलवार सन् २०२० को १०० प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।बेलायती समाचार संस्था बीबीसीले सन् २०२० का प्रभावशाली एस सय महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समेटेको हो ।

बीबीसीले समाजमा योगदान पुर्याएका, उत्प्रेरक र उदाहरणीय काम गर्ने महिलालाई यो सूचीमा समावेश गरेको हो ।

सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको नोबेल कोरोना भाइरस(कोभिड-१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्