Logo
१२ बैशाख २०८१, बुधबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : यी हुन् टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति !

अहिलेको युवायुवतीको मुख्य रोजाइमा परेको टिकटक एक सामाजिक सञ्जालको मनोरन्जनको मुख्य साधन बेनेको छ । बर्तमान समयका कोरोना भाइरसको कारण सम्पूर्ण क्षेत्र थलापरिरहेको अवस्थामा टिकटक चलाउनेको संख्या झन बढ्दै गएको छ ।

यसलाई कति मानिसले आफ्नो पतिभा देखाउने साधनस्रोतको रुपमा पनि प्रयोग गरिरहेका छन् । आज हामी तपाईलाई एक झन्डै डेढ वर्षको अवधिमा टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्तिको बारेमा जानकारी दिएका छन् ।

टिकटकमा १० करोड फलोअर्स पाउने चार्ली डिमेलियो अमेरिकी नागरिक हुन् ।एक १६ वर्षीया किशोरी भिडियो सेयरिङ एप टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति बनेकी छिन् । चार्लीले झन्डै डेढ वर्षको अवधिमा नै यो उपलब्धि हासिल गरेकी हुन् ।

आफ्नो परिवारसँगको रियालिटी सिरिजको पहिलो एपिसोड ‘डिनर विथ द डिमेलियोज्मा’ उनले खाना तयार बनाउने शेफलाई अभद्र व्यवहार देखाएको उनका फ्यानले दाबी गरेका छन् ।

त्यसको विरोधमा ६ लाख फ्यानले उनलाई अनफलो नै गरे ।डिमोलियाले एउटा माफी मागेको भिडियो शेयर गरेपछि अहिले विवाद मत्थर भएको छ र आउँदा दिनमा यस्तो व्यवहार नगर्ने बताएकी छिन् ।

एउटा युट्युब भिडियोमा चार्लीको व्यवहारलाई लिएर विवाद भएको भोलिपल्ट उनले उपलब्धि हासिल गरेकी हुन् । आफ्नो उपलब्धिलाई लिएर उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, ‘१० करोड जनाले मलाई सपोर्ट गरिरहेका छन्, पत्याउनै गाह्रो छ ।’

यी १६ वर्षीया किशोरी बहुप्रतिभाशाली छिन्, उनले फिल्मका साथै ठूला मेकअप तथा फेसन ब्राण्डसँग काम गरिसकेकी छिन्
।उनले टिकटकमा विशेषगरी बन्द कोठामा नाचेको भिडियो शेयर गर्दै आएकी छिन् ।एजेन्सी

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्