Logo
११ बैशाख २०८१, मंगलबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को परीक्षा आजदेखि सुरु, स्वास्थ्यसम्बन्धी मापदण्डमा कडाइ

कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ ।

गत वैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोनाका कारण स्थगित भएको थियो र आजबाट सुरु भएको हो ।

बिहान ८ बजेदेखि साढे एक घण्टा मात्र संचालन हुने परीक्षाका लागि ४ हजार १ सय विद्यायलमा केन्द्र तोकिएको छ ।देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षा संचालका लागि सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरिएको छ ।परीक्षामा सहभागी हुने विद्यार्थीको अनिवार्य रुपमा ज्वरो नाप्ने व्यवस्था गरिएको छ ।

विद्यार्थीले परीक्षा हलमा बस्दा मास्क लगाउनुपर्ने छ । परीक्षा बोर्डले एउटा कोठामा दुई मिटरको दूरीमा २० जना मात्र परीक्षार्थी राख्ने व्यवस्था गरेको जनाएको छ ।

यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्ड पूरा गरी ढुक्कसँग परीक्षा विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

शुभकामना दिँदै मन्त्री पोखरेलले परीक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका हुन् ।

मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन पनि अनुरोध गरेका छन् ।

 

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्